दफा ४५
पेसी स्थगन सम्बन्धी व्यवस्था
(१) दैनिक पेसी सूचीमा चढेको कुनै मुद्दाको सुनुवाई प्रारम्भ हुनुभन्दा पहिले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै मनासिब कारण देखाई मुद्दाको पक्ष वा कानून व्यवसायीले निवेदन दिएमा अदालतले सामान्यतया बढीमा दुईपटकसम्म मुद्दाको सुनुवाई स्थगित गर्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति परेमा बाहेक इजलासले प्राथमिकता दिई हेर्न आदेश गरेका मुद्दा, एकै पक्षको एकभन्दा बढी कानून व्यवसायी रहेका मुद्दा, हेदहिदैंको मुद्दा, सजाय निर्धारणका लागि पेस भएका मुद्दा र ऐनको दफा १६ बमोजिमको अवधि नाघेको मुद्दाको सुनुवाई सामान्यतया स्थगित गरिने छैन।